काठमाडौं–ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले व्यवसायीहरूले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने बताएका छन् । खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री खड्काले उनले अपर अरुण जलविद्युत् परियोजनाको काम चाँडो सुरु गर्ने योजना प्रस्तुत गरेका छन् । 

मन्त्री खड्काले गरिब र विपन्न परिवारलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराएर स्थानीय सहभागिता बढाउने प्रयास भइरहेको जानकारी दिए । उनले सिँचाइ‚ विद्युत् उत्पादन‚ र सरकारी सेवामा सहुलियत उपलब्ध गराउने तयारी गरिरहेको पनि जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

सङ्खुवासभामा प्रत्येक घरले रु पाँच लाखको शेयर सुनिश्चित गर्नुपर्ने र यो ढाँचा देशभर लागू गर्ने तयारी रहेकोमा उनको जोड थियो । उनले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको र निजी क्षेत्रलाई समेटेर ऊर्जा क्षेत्रको विकासमा ध्यान दिइने जानकारी दिए । 

जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्रीमा गलत धारणाको प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई रहेको थियो ।