काठमाडौं–नागढुंगा नजिक खसेको पहिरो हटाइए पनि सवारी जामको समस्या अझै कायम छ ।

अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा हजो साँझ ५ बजेदेखि अवरुद्ध सडक राति साढे ११ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको हो । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदोसहितको पहिरोले सडक पूर्ण रुपमा बन्द भएको थियो ।

OM Sai Pathibhara Hospital

सडक अवरुद्ध हुँदा काठमाडौंबाट छुटेका तथा काठमाडौं आउँदै गरेका साना ठूला गरी सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र अवस्थामा थिए । पहिरो हटाइसकेपछि पनि सडकमै बिग्रिएको ट्रकले आवागमनलाई अवरुद्ध गरेको हो ।