काठमाडौं–नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको आरोपमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा उनले आफूमाथि लगाइएको गम्भीर आरोपप्रति आपत्ति जनाउँदै गृहमन्त्रालय र सम्बन्धित निकायलाई छानबिनका लागि अनुरोध गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेको सन्दर्भमा गुरुङले आरोपबारे शीघ्र छानबिन गरी टुङ्गो लगाउन माग गर्नुका साथै आफू अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित छानबिन समितिमा धनराज गुरूङ र उनकी श्रीमती ज्योति गुरूङ सगोलमा रहँदाका बखत रकम दुरूपयोग भएको बयान दिएका थिए ।

उनीहरूले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।  सांसद गुरूङले ज्योति गुरूङसँग सम्बन्ध विच्छेद भइसकेकाले उनको गतिविधिसँग आफ्नो नाम जोडिनु न्यायसंगत नभएको भन्दै आएक छन् ।