काठमाडौं – पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समितिले सहकारीपीडितलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । 

धनगढीमा भएको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा, सभापति लामिछानेले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेको भन्दै पीडितको समस्या समाधान हुने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

उनले समितिको प्रतिवेदनबाट आफूले संलग्नता प्रमाणित गरिने धारणा व्यक्त गर्दै भने, ‘जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ ।’ एक फरक प्रशंगमा पूर्वप्रधानमन्त्री र गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी पनि गरेका छन् ।