काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाउँदै पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । टोखा नगरपालिका-३ मनकामना निवासी ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

चुँडालले पोल्याण्ड पठाउने भन्दै एक जना पीडितबाट ३ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई टोखा नगरपालिका-३ मनकामना टोलबाट पक्राउ गरेको हो।

OM Sai Pathibhara Hospital

प्रहरीले उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएर आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको छ।