काठमाडौं–वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी आज राति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा प्रस्थान गरेका छन् । 

ब्राजिल सरकार र संयुक्त राष्ट्रसंघअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने यो सम्मेलन भदौ २७ र २८ गतेसम्म जारी रहनेछ । सम्मेलनको उद्देश्य ‘दिगो उत्पादन र चलायमान अर्थतन्त्र अवधारणा’लाई सम्बोधन गर्दै समझदारी र अन्तर्राष्ट्रिय सहकार्य बढाउने छ । 

OM Sai Pathibhara Hospital

मन्त्री ठकुरीले भदौ २८ गते सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन जलवायु परिवर्तन र अन्य सङ्क्रमण अवस्थाका बीच सहकार्य र समझदारीको विकासमा केन्द्रित रहनेछ । मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्कने कार्यक्रम छ ।