समाचार

    Showing 16,471-16,480 of 23,767 items.
  • इजरायलको आक्रमणमा परी गाजामा मृत्यु हुनेकाे संख्या ५७ सय नाघ्याे

    एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणमा पाँच हजार सात सय बढीको मृत्यु भएको छ । जसमध्ये आधा बालबालिका रहेका छन् ।गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरेल हवाई हमलामा पाँच हजार सात सय भन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ । यता हमासको आक्रमणमा एक हजार ४०० भन्दा बढी इजरेल नागरिकको मृत्यु भएको छ ।विश्व स्वास्थ्य सङ्गठनले इन्धन अभावका कारण गाजाका ६ वटा अस्पताल बन्द गर्नुपरेको जनाएको छ । अर्कोतर्फ, इजरेल सेनाले गाजामा केही पर्चाहरू खसालेको छ । जसमा आफ्नो र आफ्ना बालबालिकाको राम्रो भविष्य चाहना भए बन्धकहरूको बारेमा जानकारी दिन भनिएको छ ।डब्ल्यूएचओका अनुसार, हजार

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 161 पटक पढिएको
  • हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन

    काठमाण्डौ  ।   मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो । मनाङ एयरले विज्ञप्ति जारी गर्दै चिकित्सकको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ । मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।    सेढाईंले चलाएको हेलिकोप्टर गएको २७ असोजमा सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका ला

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 167 पटक पढिएको
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किंदै

    काठमाडौं । चीन भ्रमणका क्रममा हृदयाघात भएपछि बेइजिङमै अस्पताल भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी उपचारपछि आज (बुधबार) स्वदेश फर्कँदै छन् ।बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपछि दुई दिनअघि उनी डिस्चार्ज भएका थिए ।तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को-अपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ अहिले केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवलायले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 168 पटक पढिएको
  • प्रचण्ड सरकारले गर्यो दशैंको मौका छोपेर विवादित निर्णय, करोडौंको चलखेल

    काठमाण्डौ    ।    पुष्पकमल दाहाल प्रचण्ड नेतृत्त्वको सरकारले जनता दशैंमा रमाएको मौका छोपेर विवादित निर्णय गरेको पाइएको छ। देशको आवश्यकता भन्दा पनि 'कमिशन' का कारणले यस्तो निर्णय गरेको छ। विदेशी मुद्राका कारण नेपाल अप्ठ्यारोमा परेको कारण देखाएर गाडी आयातमा समेत प्रतिबन्ध लगाएको सरकारले दशैंको मौका छोपेर सुपारी, केराउ र मरिचको आयात गुपचुपमा खुलाएको हो। केहि ब्यापारीको प्रभावमा परेर प्रचण्ड नेतृत्त्वको सरकारले यस्तो निर्णय गरेको छ। विदेशी मुद्रा संचितिमा दबाब परेकै कारण गाडीमा मात्रै नभई कयौं बस्तुको आयातमा कडीकडाउ गरेको प्रचण्ड सरकारले अहिले कमिशनकै कारण नेपाललाई आव

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 1,734 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जानाएकाे छ । देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जानाएकाे छ ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानाएकाे ।राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफ

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • 165 पटक पढिएको
  • विदेशमा ज्यान गुमाउनेको संख्या डेढ दशकमा १२ हजार नाघ्यो

    काठमाडौं । यो आर्थिक वर्षमा धन कमाउन गएका तीन सय नेपालीको विदेशमै ज्यान गएको छ ।रोजगारीका लागि विदेश गएका तीन सय तीन नेपालीले गएको तीन महिनामा उतै ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।धन कमाउन विदेशिएका ती नेपाली महिला र पुरुषका शव लामो प्रक्रिया झेल्दै स्वदेश ल्याएर परिवारलाई बुझाइएको छ । यस किसिमको घटनामा कुनै कमी आउन सकेको देखिँदैन। वितेका करिब डेढ दशकमा बाह्र हजार पाँचसय ३९ जना नेपालीको वैदेशिक रोजगारीकै क्रममा ज्यान गइसकेको बोर्डको तथ्याङ्क छ । वैदेशिक रोजगार बोर्डले दिएको तथ्यांक अनुसार, औपचारिक र अनौपचारिक बाटोबाट विभिन्न देशमा गएका नेपाली युवाको संख्या करिब २०

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • 320 पटक पढिएको
  • दशैमा किन लगाउने जमरा ? जमराको धार्मिक र वैज्ञानिक महत्व

    काठमाण्डौ   ।  विजया दशमीमा मान्यजनबाट टीका ग्रहणपछि शिरमा सिउरिइने धान, गहुँ, मकै र जौका लामा आँकुरालाई जमरा भन्ने गरिन्छ । टीका ग्रहणपछि जमरा शिरमा राखिदिने चलन छ ।घटस्थापनाका दिन पूजाकोठामा धान, गहुँ, मकै र जौ छरेर त्यसबाट टुसाएका आँकुरालाई देवीको प्रसादका रूपमा सिउरिने परम्परा छ । यो परम्परालाई नेपालीले मात्र अनुशरण गरेको पाइन्छ । नेपालीको बसोवास रहेका अन्य मुलुकमा पनि यसलाई निरन्तरता दिइएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि जमरा महत्वपूर्ण छ ।आश्विन शुक्ल प्रतिपदामा घरघरमा जमरा राख्दै घटस्थापना गरिन्छ, जुन नवरात्रिको पहिलो दिन पनि हो

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • 288 पटक पढिएको
  • मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले प्रेरित गर्न सकोस्

    काठमाडौँ    ।    उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सामूहिकता र एकतालाई बढावा दिने तथा व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले विजयादशमी अभिप्रेरित रहेको बताएका छन् ।नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले बहुजाति, बहुभाष

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • 152 पटक पढिएको
  • भाउजूको हातबाट राष्ट्रपति पौडेलले टीका ग्रहण

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दशैँको दीका, जमरा, प्रसाद गरे । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दशैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । आफू टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका हुन् । विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।राष्ट्रपति कार्याल

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • 186 पटक पढिएको
  • पाण्डेकाे बढुवा सिफारिस बिबाद रहित छ; नेपाली सेना

    काठमाडाैं  ।  नेपाली सेनाको रथी दर्जामा पदोन्नतिका लागि ताराध्वज पाण्डेको नाम सिफारिस भएपछि विभिन्न सञ्चारमाध्यममा आएका सामग्रीको नेपाली सेना जङ्गी अड्डाले खण्डन गरेको छ । रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै सेनाले भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक रहेको जनाएको छ । सेनाले भनेको छ, ‘स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानूनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्र्र्र्र्र्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निक

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • 170 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.