काठमाडौं–नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियामा ज्ञान आदानप्रदान हुनेछ।
संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा सञ्चालन हुनेछ। विपद् व्यवस्थापन तथा मानवीय सहयोगका क्षेत्रमा अनुभव आदानप्रदान गर्दै विपद् प्रतिकार्य क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले यो अभ्यास सन् २०१२ देखि हुँदै आएको हो। यो अभ्यास असोज ४ गते सम्पन्न हुनेछ।






































