काठमाडौं–खानेतेल बोकेर काठमाडौं आइरहेको ट्रक आज बिहान त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार चालक र सहचालकको खोजी भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगिसकेको छ ।

OM Sai Pathibhara Hospital

यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसमा ६२ जना यात्रु सवार थिए, जसमा २४ जनाको मात्र शव भेटिएको थियो ।