काठमाडौं–ताप्लेजुङमा शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङको ल्होनाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जानकारी दिएको छ ।
भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन ।