काठमाडौं–ललितपुरस्थित कुपण्डोलको मुख्य सडक शनिबार दिउँसो भासिँदा एक जना घाइते भएका छन् । कुपण्डोलबाट पुल्चोकतर्फ होटल हिमालय अगाडि सडक भासिएर पानी निस्किएको छ, जसले यातायातमा अवरोध भएको छ । प्रहरीका अनुसार मेलम्चीको पाइप फुट्दा सडक भासिएको हो । अहिले प्रहरी टोलीले क्षेत्रलाई सुरक्षित बनाउँदै सवारी व्यवस्थापन गरिरहेको छ ।