काठमाडौं–अन्नपूर्ण क्षेत्रको पदयात्रामा हराएका स्पेनिस पर्यटक मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लागेको छैन । उनी भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका थिए । उनीसँगै सम्पर्कविहीन भएका इरिकको शव दुई दिनपछि भुरुङदी खोलामा फेला परेको थियो, तर मोलासको अवस्थाबारे कुनै जानकारी छैन ।  

सशस्त्र प्रहरीको टोलीले नदी किनारलगायत क्षेत्रमा खोजी कार्य जारी राखे पनि हालसम्म मोलासको पत्तो लाग्न सकेको छैन। पर्यटकले घोरेपानी जाने विवरण दर्ता गरेकाले स्थानीय होटल व्यवसायी, जनप्रतिनिधि, र प्रहरीलाई जानकारी गराइएको छ, तर खोजीमा सफलता मिलेको छैन । 

OM Sai Pathibhara Hospital

घटनास्थल नजिक दुई वटा झोला र आल्मुनियम स्टिक फेला परेपछि पर्यटक खोलामा खसेको अनुमान गरिएको छ। ट्रेकिङ एजेन्ट्स एशोसिएशनका अध्यक्षले गाइडविना पदयात्रा गर्दा हराउने र दुर्घटनामा पर्ने जोखिम बढ्ने बताएका छन् ।