काठमाण्डौ  ।  नेपाल पत्रकार महासंघको चुनावी कार्यतालिका सार्वजनिक भएको छ । शनिबार महासंघको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिले आगामी असोज १२ मा एकैपटक तीनै तहको चुनाव गर्ने तालिका सार्वजनिक गरेको छ । तर उम्मेदवार मनोनयन भने फरक फरक समयमा हुनेछ । केन्द्रीय कार्यसमितिका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने प्रदेशको असोज ८ मा मनोयन दर्ता हुनेछ ।

OM Sai Pathibhara Hospital

यस्तै जिल्ला शाखाहरूको उम्मेदवारी दर्ता १० असोजमा हुनेछ ।चुनावी कार्यतालिकासँगै निर्वाचन समितिले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । Screenshot_2024_0914_205038