समाचार

    Showing 16,421-16,430 of 25,875 items.
  • १६ देशका प्रस्तावित राजदुतको नाम पारित, श्रीलंकाका प्रस्तावित राजदुतको कागजात अपुग

    काठमाडौं- संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदुतको नाम समितिबाट बहुमतले पारित गरेको हो । बैठकपछि निणर्य सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदुतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निणर्य लिइएको बताइन् । समितिमा छलफल गरी १६ देशका राजदुत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 467 पटक पढिएको
  • संविधान दिवस : सैनिकमञ्चमा विशेष समारोह

    काठमाडौं– संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। शान्तिको प्रतीकका रूपमा सेतो परेवा उडाइयो ।साँझ शीतल निवासमा राष्ट्रपति पौडेलले विशेष कार्यक्रम आयोजना गर्नेछन् भने नारायणहिटी दरबार अगाडि सांगीतिक कार्यक्रमको तयारी गरिएको छ । संविधान दिवसको अवसरमा सरकार र नेताहरूले राष्ट्रिय झण्डा फहराउन र दीपावली गर्न आग्रह गर्दै जनतालाई उल्लासमय वातावरणमा राष्ट्रिय दिवस मना

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 336 पटक पढिएको
  • नासु, खरिदार र कार्यालय सहयोगीको सरुवा सूची सहित

    काठमाण्डौ  ।  कर्मचारीको अरनखटन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक छ सय ४६ जना नायब सुब्बा(नासु), खरिदार तथा कार्यालय सहयोगीहरूको सरुवा गरेको छ ।केही दिन अघि मन्त्रालयले विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाइको हो । यस अघि उपसचिव र शाखा अधिकृतको सरुवा गरिएको थियो। सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 425 पटक पढिएको
  • आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौ   ।   आज  संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१  स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । आजै साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ । संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी स

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 328 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ।आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका पहाडी थोरै स्थानहरु तथा बाँकी पहाडी भू-भागको एक\दु

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 316 पटक पढिएको
  • राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी व्यवस्था गर्न सांसदहरुको सुझाव

    काठमाडौं- राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवको आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् ।सत्तारुढ काँग्रेस-एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई तिब्रताका साथ अघि बढाउन छुट्टै कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् । बुधवार संघीय संसद राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद समेत रहेका समिति सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सरकारले छुट्टै कानूनी व्यवस्था गर्नु

    • प्रकाशित मितिः असोज २, २०८१
    • 398 पटक पढिएको
  • दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरीले पायो अनुमति

    काठमाडौं— अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति दिएको छ । मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो ।  प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका

    • प्रकाशित मितिः असोज २, २०८१
    • 1,701 पटक पढिएको
  • दुबई र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं—वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ घर भइ काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका–७ घर भइ भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी छन्। राजनले १ जना पीडितबाट ३ लाख रुपैयाँ र जय नारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । पक्राउ गरिएका दुवैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट पक्राउ

    • प्रकाशित मितिः असोज २, २०८१
    • 453 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं–विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनीसहित जीवन पाण्डे, र दुर्गा खनालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले उक्त तीन जनाविरुद्ध पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार, विद्युतीय कारोबार ऐनको उल्लंघनको आरोपमा प्रहरीले उनीहरूको पक्राउका लागि अनुमति मागेको थियो। यस आधारमा अदालतले पुर्जी जारी गरेको बताइएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 660 पटक पढिएको
  • धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला, प्रवेश नि:शुल्क

    काठमाडौं–काठमाडौंको सुन्धारामा रहेको नवनिर्मित धरहरा भोलि बिहीबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ–। २७ भदौको मन्त्रिपरिषद बैठकले धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । धरहरा चढ्नका लागि दैनिक लगभग ५०० जनालाई अनुमति दिने व्यवस्था गरिएको छ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार, टिकट काट्ने व्यवस्था वेबसाइटमार्फत गर्न लागिएको छ, जसको जानकारी छिट्टै सार्वजनिक गरिनेछ । यदि वेबसाइटमार्फत टिकट सम्भव नभए, धरहरा परिसरमै भौतिक टिकट काट्ने व्यवस्था मिलाइनेछ । अर्को निर्णय नभएसम्म धरहरा चढ्न नि:शुल्क टिकट वितरण गरिने छ र पार्किङ पनि नि:शुल्क हुनेछ । चढ्नेहर

    • प्रकाशित मितिः असोज २, २०८१
    • 401 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.