काठमाडौं– संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। शान्तिको प्रतीकका रूपमा सेतो परेवा उडाइयो ।

साँझ शीतल निवासमा राष्ट्रपति पौडेलले विशेष कार्यक्रम आयोजना गर्नेछन् भने नारायणहिटी दरबार अगाडि सांगीतिक कार्यक्रमको तयारी गरिएको छ । संविधान दिवसको अवसरमा सरकार र नेताहरूले राष्ट्रिय झण्डा फहराउन र दीपावली गर्न आग्रह गर्दै जनतालाई उल्लासमय वातावरणमा राष्ट्रिय दिवस मनाउन आह्वान गरेका छन् ।

OM Sai Pathibhara Hospital

२०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो, जसलाई स्मरण गर्दै ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइन्छ ।