काठमाडौं–काठमाडौंको सुन्धारामा रहेको नवनिर्मित धरहरा भोलि बिहीबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ–। २७ भदौको मन्त्रिपरिषद बैठकले धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

धरहरा चढ्नका लागि दैनिक लगभग ५०० जनालाई अनुमति दिने व्यवस्था गरिएको छ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार, टिकट काट्ने व्यवस्था वेबसाइटमार्फत गर्न लागिएको छ, जसको जानकारी छिट्टै सार्वजनिक गरिनेछ । यदि वेबसाइटमार्फत टिकट सम्भव नभए, धरहरा परिसरमै भौतिक टिकट काट्ने व्यवस्था मिलाइनेछ । 

OM Sai Pathibhara Hospital

अर्को निर्णय नभएसम्म धरहरा चढ्न नि:शुल्क टिकट वितरण गरिने छ र पार्किङ पनि नि:शुल्क हुनेछ । चढ्नेहरूले दुई विद्युतीय लिफ्टको प्रयोग गर्न पाउनेछन् र १० मिनेटमै धरहराको बार्दली क्षेत्रको अवलोकन गर्न सक्नेछन् । 

धरहराको भित्री संरचना २२ तलाको छ भने बाहिरी स्वरुप पुरानै ११ तला जस्तो देखिन्छ । धरहरा निर्माणको ९५ प्रतिशत काम पूरा भइसकेको छ, तर उद्घाटन पछि पनि निर्माण कार्य जारी रहेको थियो ।