काठमाडौं- संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ । 

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदुतको नाम समितिबाट बहुमतले पारित गरेको हो । 

OM Sai Pathibhara Hospital

बैठकपछि निणर्य सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदुतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निणर्य लिइएको बताइन् । 

समितिमा छलफल गरी १६ देशका राजदुत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको न्यौपानेले बताइन् । 

समितिमा छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदुत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेका छन् । 

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदुत शंकर शर्माको लागि फरक मत राखेको समितिले जनाएको छ ।

यसैबीच संसदीय सुनुवाई समतिलिे प्रधानन्यायाधीशमा सफिारसि प्रकाशमान संिह राउत र दुई देशका प्रश्तावति राजदुत उपर सार्वजनकि उजुरी आह्वान गरेको छ ।

संवैधानकि परषिले प्रधानन्यायाधीशमा सफिारसि प्रकाशमानसंिह राउत, अस्ट्रेलयिाका लाग िचत्रिलेखा यादव र बेल्जयिमका लागि सेवा लम्साललाई राजदुतमा सिफारिस गरेको छ ।