काठमाडौं—वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ घर भइ काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका–७ घर भइ भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी छन्। 

OM Sai Pathibhara Hospital

राजनले १ जना पीडितबाट ३ लाख रुपैयाँ र जय नारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । 

पक्राउ गरिएका दुवैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट पक्राउ गरिएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।