काठमाडौं–विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनीसहित जीवन पाण्डे, र दुर्गा खनालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले उक्त तीन जनाविरुद्ध पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार, विद्युतीय कारोबार ऐनको उल्लंघनको आरोपमा प्रहरीले उनीहरूको पक्राउका लागि अनुमति मागेको थियो। यस आधारमा अदालतले पुर्जी जारी गरेको बताइएको छ ।