समाचार

    Showing 16,311-16,320 of 25,875 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक\दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भाव

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 378 पटक पढिएको
  • वि.सं. २०८१ असोज १५ गते मङ्गलबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आज काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 642 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ  ।   नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु १, डिजेलमा रु २, हवाई इन्धनमा आन्तरिकमा रु ६ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु २ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य १ सय ६८ रहेकामा अहिले मूल्य घटेर १ सय ६७ कायम गरिएको छ । यसैगरी दोस्रो वर्गको १ सय ७० मूल्य रहेकामा घटेर १ सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १ सय ७१ रहेकामा घटेर

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 452 पटक पढिएको
  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता,

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले स्वागत गरेका थिए ।सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको ७९औँ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली गत असोज ४ गते अमेरिका गएका थिए । ओलीले महास

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 357 पटक पढिएको
  • धादिङका एसपी गौतम हेडक्वाटर तानिए, दीपेन्द्र शाही नयाँ प्रहरी प्रमुख

    काठमाडौं — प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका प्रहरी प्रमुख एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । बाढी पहिरोको विपत्तिको जोखिमको समयमा काम सन्तोषजनक नभएको भन्दै हेडक्वाटरले केसीलाई हटाएर उनको स्थानमा दीपेन्द्र शाहीलाई धादिङको नयाँ प्रहरी प्रमुखको रूपमा खटाएको हो ।यसअघि, गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । पाण्डेको स्थानमा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई धादिङको प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइएको छ । त्यस्तै, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेलाई पनि मन्त्रालयमा तान्दै उमेश ढकाललाई नयाँ जिम्मेवा

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 672 पटक पढिएको
  • नुवाकोटको बोहरेखोलामा माइक्रोबस दुर्घटना : १२ जना घाइते

    काठमाडौं — काठमाडौँबाट खोटाङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको हायस माइक्रोबस सोमबार दिउँसो नुवाकोटको शिवपुरी ८ स्थित बोहरेखोलामा दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा माइक्रोबसमा सवार १२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार, माइक्रोबसमा १८ जना यात्रु सवार थिए। बस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ।

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 559 पटक पढिएको
  • अविरल वर्षाका कारण १९३ जनाको मृत्यु, ३१ बेपत्ता

    काठमाडौं – अविरल वर्षाका कारण देशभरमा ठूलो मानवीय क्षति भएको छ। प्रहरीका अनुसार हालसम्म १९३ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् । साथै, ३१ जना बेपत्ता रहेका छन् । उद्धार कार्यमा संलग्न प्रहरी बलले हालसम्म ३ हजार ७०५ जनालाई बाढी तथा पहिरोबाट उद्धार गरेको जानकारी दिएको छ । विभिन्न ठाउँमा सडक अवरुद्ध र बाढी पहिरोका कारण यातायातमा कठिनाइ भइरहेकोले प्रहरीले लामो यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रामा निस्कनु अघि नजिकको जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित सम्पर्क नम्बरमा सम्पर्क राख्न सल्लाह दिइएको छ। प्रहरीको आकस्मिक सेवाका लागि नि:शुल्क नम्बर १०० मा सम्पर्क गर

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 606 पटक पढिएको
  • प्रधानमन्त्री ओली आज संयुक्त राष्ट्रसङ्घको महासभाबाट स्वदेश फर्कँदै

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भएर स्वदेश फर्कने भएका छन् । महासभामा भाग लिन असोज ४ गते न्युयोर्क गएका ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । महासभाको विषय ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’मा केन्द्रित छलफल भयो । न्युयोर्कमा रहँदा उनले महासभाको साधारण बहसको उद्घाटन सत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनको स्वागत समारोहमा पनि सहभागीता जनाएका थिए । प्रधानमन्त्री ओलीले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विष

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 406 पटक पढिएको
  • बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु

    काठमाडौं – अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्बाट एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभएको छ। बाढीपहिरोबाट प्रभावितहरूको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ। बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहत कार्यलाई उच्च प्राथमिकता दिएको छ, साथै यातायात सञ्च

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 404 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली देखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशकाकेहीस्थानहरु गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका एक\द

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 272 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.