काठमाडौं — प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका प्रहरी प्रमुख एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । बाढी पहिरोको विपत्तिको जोखिमको समयमा काम सन्तोषजनक नभएको भन्दै हेडक्वाटरले केसीलाई हटाएर उनको स्थानमा दीपेन्द्र शाहीलाई धादिङको नयाँ प्रहरी प्रमुखको रूपमा खटाएको हो ।

यसअघि, गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । पाण्डेको स्थानमा मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई धादिङको प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेलाई पनि मन्त्रालयमा तान्दै उमेश ढकाललाई नयाँ जिम्मेवारी दिइएको छ ।