काठमाडौं – अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्बाट एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभएको छ। 

बाढीपहिरोबाट प्रभावितहरूको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ। 

OM Sai Pathibhara Hospital

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ। सरकारले खोज, उद्धार र राहत कार्यलाई उच्च प्राथमिकता दिएको छ, साथै यातायात सञ्चालनका लागि अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रवक्ता तिवारीले बताउनुभएको छ।