काठमाडौं – अविरल वर्षाका कारण देशभरमा ठूलो मानवीय क्षति भएको छ। प्रहरीका अनुसार हालसम्म १९३ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् । साथै, ३१ जना बेपत्ता रहेका छन् । 

उद्धार कार्यमा संलग्न प्रहरी बलले हालसम्म ३ हजार ७०५ जनालाई बाढी तथा पहिरोबाट उद्धार गरेको जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

विभिन्न ठाउँमा सडक अवरुद्ध र बाढी पहिरोका कारण यातायातमा कठिनाइ भइरहेकोले प्रहरीले लामो यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रामा निस्कनु अघि नजिकको जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित सम्पर्क नम्बरमा सम्पर्क राख्न सल्लाह दिइएको छ। 

प्रहरीको आकस्मिक सेवाका लागि नि:शुल्क नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ।