काठमाडौं — काठमाडौँबाट खोटाङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको हायस माइक्रोबस सोमबार दिउँसो नुवाकोटको शिवपुरी ८ स्थित बोहरेखोलामा दुर्घटनामा परेको छ। 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा माइक्रोबसमा सवार १२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ। 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार, माइक्रोबसमा १८ जना यात्रु सवार थिए। बस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ।