काठमाण्डौ  ।   नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु १, डिजेलमा रु २, हवाई इन्धनमा आन्तरिकमा रु ६ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु २ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

OM Sai Pathibhara Hospital

यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य १ सय ६८ रहेकामा अहिले मूल्य घटेर १ सय ६७ कायम गरिएको छ । यसैगरी दोस्रो वर्गको १ सय ७० मूल्य रहेकामा घटेर १ सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य १ सय ७१ रहेकामा घटेर १ सय ७० रहेको निगमले जानकारी दिएको छ ।

डिजेल र मट्टितेलको पनि पहिलो वर्गको १ सय ५७ रहेकामा घटेर १ सय ५५ पुगेको छ । यसैगरी दोस्रो वर्गको १ सय ५९ रहेकामा घटेर १ सय ५७ पुगेको छ भने तेस्रो वर्गको १ सय ६० रहेकामा घटेर १ सय ५८ पुगेको निगमले जानकारी दिएको छ ।