समाचार

    Showing 15,841-15,850 of 25,874 items.
  • रुख काट्ने क्रममा हाँगाले लागेर इलाममा एक जनाको मृ*त्यु

    इलाम। देउमाई नगरपालिका ९ जितपुरस्थित सुङ्गुरे डाँडा बस्ने एक जना युवाको रुखको हाँगाले लागेर मृ*त्यु भएको छ ।प्रहरीका अनुसार ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार मृत्यु भएको हो । रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगाले लागेर उनी घाइते भएका थिए ।तत्काल घाइते भएका जबेगुलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि झापाको बिएन्डसी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।जबेगुको शवलाई बिएण्डसी अस्पतालमा नै राखिएको र थप अनुसन्धानको काम भइरहेका जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 347 पटक पढिएको
  • करेन्ट लागेर महिलाको मृत्यु

    रंगेली  ।  सुनवर्षी नगरपालिका-४ चैतामा वर्ष की ३५ रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ ।  घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर पछि उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो ।घाइते अवस्थाबाट उद्दार गरि उनलाई रंगेली अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 265 पटक पढिएको
  • मेचीनगर स्थित मदरसामा आगलागि

    धुलाबारी  ।  झापा जिल्लाको मेचीनगर नगरपालिका वार्ड नं १४ प्रणामीनगरमा रहेको मदरसामा आगलागि भएको छ lसो मझारे सरिफ मदरसामा गए राति २३, ३० बजेको समयमा सभाहलमा लागेको आगो लाई बिर्तामोड़नगर पालिका , मेचीनगर नगरपालिकका वारुणयन्त्रले नियन्त्रण गरेको थियो l आगलागीबाट मदरसाको अन्दाजी ३लाख बराबरको क्षति भएको मदरसा समितिले बताएको छ l

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 300 पटक पढिएको
  • लागूऔषधसहित ३ जना पक्राउ

    महेन्द्रनगर  ।   कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।जिल्लाको भीमदत्त नगरपालिका–६ त्रिवेणी चोकबाट सोही ठाउँ बस्ने २३ वर्षीय राहुल डगौरा र २५ वर्षीय सञ्जु डगौरा पक्राउ परेका हुन्। यी दुबै जनालाई शुन्य दश्मलव ३८ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो। यस्तै भीमदत्त नगरपालिका–३ भाँसीबाट सोही ठाउँ बस्ने ३० वर्षीय टेक राज जोशी पक्राउ परेका हुन्।जोशी शुन्य दश्मलव १४ ग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तीनै जनालाई आइतवार नियन्त्रणमा लिएक

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 361 पटक पढिएको
  • स्कारपियो दुर्घटनाहुदा दुई जनाको मृत्यु

    काठमाण्डौ । बाजुरा सदरमुकाम मार्तडीमा आइतबार स्कारपियो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर भिमदत्त नगरापलिका १८ कि ५२ वर्षीया राधिका भट्ट र कञ्चनपुर नै घर भएका ३१ बर्षीय गायत्री पन्तको मृत्यु भएको छ ।भट्टको उपचारका क्रममा र पन्तको घट्नास्थलमा नै मृत्यु भएको हो । आईतबार दिउसो सु.प.प्र. ०१००१ च ४३१६ गाडी बडीमालिका नगरपालिका ८ को अपि होटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेको छ ।दुर्घटनामा परेर घाइते हुनेमा गौमुल गाउँपालिकाका २५ वर्षीया रमेश धामी, कन्चन्पुरको भिमदत्त नगरपालिका १७ का ३९ वर्षीया लोकेन्द्र पन्त, र कृष्णपुर नगरपालिका ५ का मोहनदेव भट्ट रहेको जिल्ला प

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 453 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ ।तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू‍-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशको पहाडी भू-भ

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • 357 पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो ।प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउने उनी मंसिर ४ गते पक्राउ परेका थिए । प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी गरेको 'फेक डकुमेन्ट' सार्वजनिक गरेको आरोप लागेका उनीविरुद्ध विद्युतीय कारोबार, मानहानी, किर्ते र  सम्पति

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 435 पटक पढिएको
  • प्रहरी एआईजि ढकालको अवकाश

    काठमाण्डौ  ।   प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि ) केदार ढकालले दिसंबर ६ बाट अवकाश पाएका छन । त्यस्तै एआईजी भिमप्रसाद ढकाल पनि जनवरी भित्र अवकाशमा जाँदै छन् । ढकालको अवकाशसँगै प्रहरीमा रिक्त एआईजिपीको दरबन्दीमा दुई जना डीआईजीलाई बढुवा गर्ने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 382 पटक पढिएको
  • रवि लामिछानेलाइ चार दिन म्याद थप, रास्वपाद्वारा मानवअधिकार आयोगमा उजुरी

    काठमाण्डौ । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि प्रस्तुत गरिएको थियो ।कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।उता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्नुका साथै उनको व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 473 पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओलीको झापालीले गरे बिरोध

    झापा  ।  प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा झापाको मेचीनगर नगरपालिका रोडमा तनावग्रस्त स्थिति देखिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका बेला विरोध प्रदर्शन गर्ने १ जना पक्राउ परेका छन्।आइतबार झापाको मेचीनगर ७ इँटाभट्टामा झापाबासीले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका हुन्। प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद जस्ता नाराहरु लगाएर उनीहरूले बिरोध प्रदर्शन गरेका हुन्।बिरोध प्रदर्शन गर्ने क्रममा शम्भु सुस्केरालाई प्रहरीले पक्राउ गरेको छ उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।कोशी प्रदेशको नाम ख

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 944 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.