झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा झापाको मेचीनगर नगरपालिका रोडमा तनावग्रस्त स्थिति देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका बेला विरोध प्रदर्शन गर्ने १ जना पक्राउ परेका छन्।आइतबार झापाको मेचीनगर ७ इँटाभट्टामा झापाबासीले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद जस्ता नाराहरु लगाएर उनीहरूले बिरोध प्रदर्शन गरेका हुन्।बिरोध प्रदर्शन गर्ने क्रममा शम्भु सुस्केरालाई प्रहरीले पक्राउ गरेको छ उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध झापाको दमकमा पहिचान पक्षधरले गरेको प्रदर्शन।प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

आज गृहजिल्ला झापा भ्रमण आएका नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा थ्रेटलाई मध्यनजर गरी व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी १३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मानव सेवा आश्रममा भवनको शिलान्यास कार्यक्रम पश्चात् दिउँसो साढे १ बजे दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै भोलि पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानीको उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडामा जग्गाधनी पुर्जा वितरण, दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।
बिर्तामोडमा दिउँसो २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।






































