काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले आइतबार उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमोदन दिएको हो ।

प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । आफूलाई व्यवस्थाविरोधी अभियन्ता भनाउने उनी मंसिर ४ गते पक्राउ परेका थिए । 

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी गरेको 'फेक डकुमेन्ट' सार्वजनिक गरेको आरोप लागेका उनीविरुद्ध विद्युतीय कारोबार, मानहानी, किर्ते र  सम्पति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।