रंगेली । सुनवर्षी नगरपालिका-४ चैतामा वर्ष की ३५ रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ ।
घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर पछि उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको हो ।
घाइते अवस्थाबाट उद्दार गरि उनलाई रंगेली अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।






































