काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशीक बदली देखी मौसम मुख्यतया सफा रहेको छ ।तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशको पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
आज राती कर्णाली प्रदेश लगायत सुदूरपश्चिम प्रदेश,गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।






































