समाचार

    Showing 11,931-11,940 of 19,825 items.
  • नेपाल प्रहरीका ८२६ हवलदार वरिष्ठ हवलदार बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बताइएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त रहेको प्रहरी वरिष्ठ हवलदारका लागि ८२६ जना हवलदारहरु बढुवाका लागि सिफारिस भएका हुन् ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 399 पटक पढिएको
  • लाईन काटिएका उद्योगहरुमा विद्युत लाइन जोड्न सरकारको निर्देशन

    काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाईन काटिएका उद्योगहरुको विद्युत लाईन जडान गर्न निर्देशन दिएको छ ।सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद छानविन गरि प्रतिवेदन पेश गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र उर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गर्दै हाललाई उद्योगहरुको काटिएको विधुत लाई जोड्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 241 पटक पढिएको
  • राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 211 पटक पढिएको
  • स्थानीय तहबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ।प्रधानमन्त्रीले वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्न। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका ह

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 258 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 172 पटक पढिएको
  • दालमोट बिदेशबाट ५ महिनामा ३८ करोडको भित्रियो

    काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो ।यस अवधिमा १३ लाख ६८ हजार किलोग्राम दालमोट, नमकिन र भुजिया आयात भएको छ । यसबापत राज्य कोषमा २० करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ । विश्वभरका ३७ वटा मुलुकबाट दालमोट, नमकिन र भुजिया आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ ।तर, भारतबाहेक सबैजसो मुलुकबाट न्यून मात्रामा आउने गरेको छ । जबकि, भारतबाट यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 222 पटक पढिएको
  • राम बहादुर बम्जन (तपस्वी) पक्राउ

    काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (तपस्वी) लाई पक्राउ गरेको छ । उनी काठमाडौँको बुढानिलकन्ठबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए। बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप उनीमाथि छ

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 346 पटक पढिएको
  • नेपाल प्रहरीका १६ डीआईजीको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ।गृह मन्त्रीस्तरीय निर्णयले मंगलबार डीआईजीहरुको सरुवामा सातवटै प्रदेशका प्रमुखहरु पनि फेरिएका छन् ।  सरुवा सूची: नामावली :

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 526 पटक पढिएको
  • भन्सार छलीको ७२ बोरा अवैध प्याज बरामद

    काठमाण्डौ  ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा १,६२,७५०/- मूल्य वरावरको प्याज वरामद गरेको छ ।२०८० पुस २२ गते जिल्ला रुपन्देही मायादेवी गाउँपालिका  वडा नं. ४ सुण्डी स्थितमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार चोरी छलेर तस्करीकाे बाटाेबाट ल्याउदै गरेको अवस्थामा ७२ बोरा ( ३२५५ के.जी.) प्याज वेवारिसे अवस्थामा फेला पारेकाे थियाे । बरामद साे प्याज स्थानीय मानिसहरुको रोहवरमा प्रहरी टोलीले बरामद गरी आवश्यक कावाहीको लागी वरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएक

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 298 पटक पढिएको
  • सुन तस्करी प्रकरणमा आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    काठमाडौँ। जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् ।दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो ।

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 220 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा