राजनीति

    Showing 8,631-8,640 of 10,378 items.
  • राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले र लोसपा बीच गठबन्धन

    काठमाडौँ / राष्ट्रिय सभा निर्वाचनमा विपक्षी दलबाट मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । बिहीबार एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार ऊसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ । प्र

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 105 पटक पढिएको
  • सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

    काठमाडौँ  / सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठक राष्ट्रिय सभा सदस्य चुनाव र स्थानीय तहको चुनाव लगायत विषयमा छलफल गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।यसअघि मंगलबार बसेको बैठकले स्थानीय तह चुनाव समयमै गर्ने सहमति गरेपनि मिति तोक्ने विषयमा कुनै निष्कर्ष दिन नसके पनि आज पुनः बैठक बस्न लागेको हो ।निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको मिति तोक्न आग्रह गरेपछि सत्ता गठबन्धन छलफलमा जुटेको हो ।निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाख

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 107 पटक पढिएको
  • काँग्रेस महामन्त्री शर्मा सहित स-परिवारलाई दोस्रो पटक कोरोना सङ्क्रमण पुष्टि

    काठमाडौं  / काँग्रेस महामन्त्री  विश्वप्रकास शर्मा सहित स-परिवारलाई दोस्रो पटक कोरोना सङ्क्रमण पुष्टि  भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त भएका थिए । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा रहेका छन् । शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।  

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 95 पटक पढिएको
  • कोरोना कहर : एमालेको सम्पूर्ण कार्यक्रम स्थगित

    काठमाडौं / कोरोना भाइरसको महामारी पुनः बढ्दै गइरहेका कारण नेकपा एमालेले पार्टी र जनसङ्गठनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।  पार्टीको प्रदेश अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशनका साथै जनसङ्गठनका महाधिवेशन, अधिवेशन लगायतका कार्यक्रमहरू स्थगित गरिएको एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीले बताएका छन् । २५ जनाभन्दा बढी मान्छे सहभागी हुने सबै प्रकारका कार्यक्रम स्थगित गरेपनि सो सङ्ख्याभन्दा बढी सहभागी हुने जुम बैठक, छलफल गर्न सकिने जनाएको छ । बुधबार सचिव अधिकारीले प्रदेश, जिल्ला, जनसङ्गठनलाई पत्राचार गर्दै पूर्व

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 108 पटक पढिएको
  • ६३ जिल्लामा एमालेको नयाँ नेतृत्व

    बिर्तामोड / नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा ६३ भौगोलिक र २ गैर–भौगोलिक जिल्ला विशेषमा नयाँ नेतृत्व चयन भएको छ । पुस २३ गते एकै साथ उद्घाटन भएका जिल्ला अधिवेशनका क्रममा १४ जिल्लामा भने नेतृत्व चयन हुन सकेको छैन । त्यसैगरी सात वटा प्रदेशका सम्पर्क कमिटी मध्ये मधेश प्रदेशबाहेक अन्य ६ वटामा नेतृत्व चयन भइसकेको छ । प्रदेश नम्बर १ मा कपिलदेव ओली, वाग्मतीमा अशोक ठकुरी, गण्डकीमा ऋषि कँडेल, लुम्बिनीमा नारायण पाण्डे, कर्णालीमा जेबी शाही र सुदूरपश्चिममा दलबहादुर धामी नेतृत्वमा चयन भएका छन् ।आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने जिल्ला नेतृत्व

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 91 पटक पढिएको
  • मधेश प्रदेश नामाकरण र राजधानी जनकपुर बनेकोमा प्रचण्डद्धारा बधाइ ज्ञापन

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश – २ को नामाकरण र राजधानी आफ्नो पार्टीको मुद्धा अनुसार कायम भएको भन्दै बधाइ ज्ञापन गरेका छन् ।बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नामाकरण माओवादीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्म अनुसार भएको भन्दै प्रदेश – २ का सांसदहरूलाई बधाइ ज्ञापन गरेका हुन्।उनले मधेश प्रदेशका सबै न्यायप्रेमी समुदायलाई पनि बधाइ ज्ञापन गरेका छन् । सोमबार प्रदेशसभामा प्रदेश – २ को नाम र राजधानी टुङ्गो लगाउन निर्वाचन भएको थियो । जसमा प्रदेशको नाममा मधेस र प्रदेश राजधानी जनकपुरमा दुईतिहाइ मत परेको थियो । सो निर्वाचन परिणाम

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 99 पटक पढिएको
  • मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

    जनकपुरधाम / मधेश प्रदेशले भोलि (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालीमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।प्रदेश सरकारले बुधबार पनि मधेश बलिदानी दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको हो । २०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिँदै आएको छ ।यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 114 पटक पढिएको
  • ‘मुख्यमन्त्री चोर जिल्ला छोड’ भन्दै लालबाबु राउतको पुतला दहन

    झापा / वीरगञ्जका स्थानीय युवाहरूले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दावाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोड’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेका छन् ।प्रदेश– २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको हो । हिजो सम्पन्न मतदान  लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका थिए । प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए ।वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध रयाली नगर परिक्रमा गर्दै पुनः घण्टा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 106 पटक पढिएको
  • स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सत्तारूढ गठबन्धन सहमत

    काठमाडौँ / सत्तारुढ गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरू सहमत भएको सञ्चारकर्मीलाई जानकारी दिए । कार्कीका अनुसार यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुनः माघ ६ गते (बिहीबार) बस्ने भएको छ ।यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र ज

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 97 पटक पढिएको
  • कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमाले प्रवेश गरेपछि पद रिक्त

    काठमाडौं  / रूपन्देहीको शुद्धोधन गाउँपालिका –७ वडाध्यक्ष विहीन भएको छ ।नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा वडाध्यक्ष विहीन भएको हो ।वडा करिब एक महिनादेखि वडाध्यक्ष विहीन भएको छ । निर्वाचन आयोगले पद रिक्त रहेको जानकारी सार्वजनिक सूचना जारी गरेर दिएको छ ।स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरे जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । 

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 96 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.