काठमाडौँ / राष्ट्रिय सभा निर्वाचनमा विपक्षी दलबाट मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । 

बिहीबार एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार ऊसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।

दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन भइसकेको छ । प्रदेश दुईमा दुई गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ ।