काठमाडौँ / सत्तारुढ गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकबाट निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । 

OM Sai Pathibhara Hospital

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरू सहमत भएको सञ्चारकर्मीलाई जानकारी दिए । 

कार्कीका अनुसार यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुनः माघ ६ गते (बिहीबार) बस्ने भएको छ ।

यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो । 

त्यस्तै निर्वाचन आयोगले पनि स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने बताउँदै आएको छ । 

सरकारमाथि निर्वाचन गर्न आनाकानी गरेको आरोप लागेपछि आज बसेको गठबन्धन बैठकमा निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो ।

तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ ।

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दलहरूलाई दिइसकेका छन् ।

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन ।