काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश – २ को नामाकरण र राजधानी आफ्नो पार्टीको मुद्धा अनुसार कायम भएको भन्दै बधाइ ज्ञापन गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नामाकरण माओवादीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्म अनुसार भएको भन्दै प्रदेश – २ का सांसदहरूलाई बधाइ ज्ञापन गरेका हुन्।

OM Sai Pathibhara Hospital

उनले मधेश प्रदेशका सबै न्यायप्रेमी समुदायलाई पनि बधाइ ज्ञापन गरेका छन् । सोमबार प्रदेशसभामा प्रदेश – २ को नाम र राजधानी टुङ्गो लगाउन निर्वाचन भएको थियो । जसमा प्रदेशको नाममा मधेस र प्रदेश राजधानी जनकपुरमा दुईतिहाइ मत परेको थियो । सो निर्वाचन परिणामसँगै प्रदेश को नाम मधेस र राजधानी स्थायी राजधानी जनकपुर कायम भएको छ ।

हार्दिक बधाई !

हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको संघीयताको मर्म अनुसार नै प्रदेश नं, २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु।