झापा / वीरगञ्जका स्थानीय युवाहरूले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दावाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोड’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गरेका छन् ।

प्रदेश– २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको हो । हिजो सम्पन्न मतदान  लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका थिए । प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए ।

OM Sai Pathibhara Hospital

वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध रयाली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर मुख्यमन्त्रीको पुतला दहन गरेको थियो । मुख्यमन्त्री राउतले वीरगञ्ज विरुद्ध षड्यन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरूले उनी विरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेका हुन् ।

अन्य नेताहरू वीरगञ्जको नभएपनि मुख्यमन्त्री पर्सा जिल्लाकै भएर पनि वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा गराउनुतर्फ कुनै किसिमको पहल नगरी उल्टै जनकपुरलाई राजधानी बनाउन षड्यन्त्र गरेकोले उनको पुतला दहन गरिएको बताइएको छ ।

जनकपुरलाई प्रादेशिक स्थायी राजधानी घोषणा गर्नका लागि सोमबार प्रदेशका दुई तिहाइ सांसदहरुले मत दिएका छन् । सोमबार भएको मतदानमा उपस्थित कुल ९९ सांसद मध्ये ७८ सांसदले जनकपुरको पक्षमा मतदान गरेको बताइएको छ । 
प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए ।