जनकपुरधाम / मधेश प्रदेशले भोलि (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । 

प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालीमा मंगलबार सार्वजनिक बिदा दिएको प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको हो ।

OM Sai Pathibhara Hospital

प्रदेश सरकारले बुधबार पनि मधेश बलिदानी दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको हो । 

२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

यस पटक बलिदानी दिवस राजविराजमा मनाउने प्रदेश सरकारले निर्णय गरेको छ । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले बितरण प्रदेश सरकारले जनाएको छ ।