काठमाडौँ  / सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो । 

बैठक राष्ट्रिय सभा सदस्य चुनाव र स्थानीय तहको चुनाव लगायत विषयमा छलफल गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

OM Sai Pathibhara Hospital

यसअघि मंगलबार बसेको बैठकले स्थानीय तह चुनाव समयमै गर्ने सहमति गरेपनि मिति तोक्ने विषयमा कुनै निष्कर्ष दिन नसके पनि आज पुनः बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको मिति तोक्न आग्रह गरेपछि सत्ता गठबन्धन छलफलमा जुटेको हो ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर, सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन ।