बिर्तामोड / नेकपा एमालेको जारी जिल्ला अधिवेशनका क्रममा ६३ भौगोलिक र २ गैरभौगोलिक जिल्ला विशेषमा नयाँ नेतृत्व चयन भएको छ । 

पुस २३ गते एकै साथ उद्घाटन भएका जिल्ला अधिवेशनका क्रममा १४ जिल्लामा भने नेतृत्व चयन हुन सकेको छैन । 

OM Sai Pathibhara Hospital

त्यसैगरी सात वटा प्रदेशका सम्पर्क कमिटी मध्ये मधेश प्रदेशबाहेक अन्य ६ वटामा नेतृत्व चयन भइसकेको छ । 

प्रदेश नम्बर १ मा कपिलदेव ओली, वाग्मतीमा अशोक ठकुरी, गण्डकीमा ऋषि कँडेल, लुम्बिनीमा नारायण पाण्डे, कर्णालीमा जेबी शाही र सुदूरपश्चिममा दलबहादुर धामी नेतृत्वमा चयन भएका छन् ।

आन्तरिक विवादका कारण पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा भने जिल्ला नेतृत्व चयन हुन सकेको छैन । 

कोभिड –१९ महामारीको बढ्दो सङ्क्रमण र खतरालाई मध्यनजर गर्दै नेतृत्व चयन हुन बाँकी रहेका जिल्ला धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ नौ जिल्लाको भने अधिवेशन स्थगन गरिएको छ ।