काठमाडौं  / काँग्रेस महामन्त्री  विश्वप्रकास शर्मा सहित स-परिवारलाई दोस्रो पटक कोरोना सङ्क्रमण पुष्टि  भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । 

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त भएका थिए । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा रहेका छन् । शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो । 

OM Sai Pathibhara Hospital