राजनीति

    Showing 8,541-8,550 of 9,657 items.
  • कांग्रेस बाजुरा सभापतिमा रावल निर्वाचित

    बाजुरा  / नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन्। निर्वतमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रामसिंह रावल ६०५ मतसहित विजयी भएका हुन्।निर्वाचनमा रावलले ६०५ र पण्डितले ५६६ मत ल्याएका थिए ।   निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार कूल ११८२ मत खसेकोमा ११७१ मत सदर र ११ मत बदर भएको थियो।यस्तै बाजुरा उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय निर्वाचित भएका छन्।सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया निर्वाचित भए भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएको नेता योगेन्द्र रावलले जानकारी दिए

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 112 पटक पढिएको
  • आज मन्त्रिपरिषद् विस्तार हुने , ४ बजे शपथ

    बिर्तामोड / झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । आजै मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो। सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार/चार मन्त्रालय पाउने भएका छन्।मन्त्रालय भागबन्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 116 पटक पढिएको
  • अपराधमा एमाले नेता खरेलको संलग्नता !

    नेकपा एमालेको संरक्षणमा कानुनी कारवाहीबाट जोगिदै आएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ प्रकाउ परेसँगै एमाले नेता एवं पुर्व महान्यायाधिवक्ता अग्नि खरेल पनि विवादमा तानिएका छन् ।सर्वसाधारणको अर्बौँ रुपैयाँ अपचलन गरेका तामाङलाई जोगाउन कानुनी सल्लाहकारका नाममा नेता खरेलले सरकारी पदमा बहाल रहेको समयमा समेत सिभिल ग्रुपबाट मासिक ५ लाख रुपैयाँ लिने गरेको सार्वजनिक भएपछि उनी अर्बौँ ठगीको विषयमा मुछिएका हुन् ।एमाले नेतृत्वको सरकारले सर्वसाधारणको करिव ८ अर्ब रुपैयाँ अपचलन गरेका तामाङलाई संरक्षण गरेर राखेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि बनेको सरकारले तामाङलाई पक्राउ गरी अनुसन्धा

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 74 पटक पढिएको
  • शिक्षक, प्राध्यापक र कर्मचारी कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन नपाउने

    काठमाडौं / अव शिक्षक, प्राध्यापक र कर्मचारीहरूले नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन नपाउने भएका छन् ।सुनिल बोहराले दायर गरेको रिट निवेदनको सुनवाई गर्दै उच्च अदालत पाटनले अव शिक्षक, प्राध्यापक र कर्मचारीहरुले कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुन नपाउने अन्तरिम आदेश जारी गरेको हो । बोहोराले कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा निर्वाचित त्रि.वि. नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रिय विभाग किर्तिपुरमा कार्यरत स्थायी उप प्राध्यापक प्रेम ध्वज लामा तथा स्थायी शिक्षकहरू वेद विक्रम कार्की, रिता कुमारी शर्मा बोहरा, सुस्मा पराजुली, स्वस्थानी थापा बोहरा, मुना थापा, अम्बर बहादुर बोहरा,

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 110 पटक पढिएको
  • एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश

    बिर्तामोड / नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकृकीत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । आज (बिहीबार) एक कार्यक्रम आयोजना गरी समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई स्वागत गरेका हुन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गरेका थिए । नेता नेपालले जोशीलाई पार्टीको स्थायी कमिटी सदस्यमा ल्याउने पनि जानकारी दिए ।पछिल्लो समय एमालेले दश बुँदे सहमति कार्यान्वयन नगरेको र एमालेमा पुरानै प्रवृत्ति देखिएकाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको नेता जोशीले बताए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 120 पटक पढिएको
  • ३० वर्ष सम्म एमालेबाट राजनीति गरेकी भण्डारी समाजवादीमा प्रवेश

    बिर्तामोड  / नेकपा एमालेकी नेता सविता भण्डारी भेटवाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् । सविताले एमालेले कम्युनिष्टको वैचारिक धार छोडेकाले आफू एकीकृत समाजवादीमा प्रवेश गरेको बताएकी छिन् । झापाको धुलाबारी घर भएकी सविता १७ वर्षको उमेरमा २०४८ सालमा नै एमालेको पार्टी सदस्यता लिएर राजनीतिमा होमिएकी थिइन् । एमाले भित्र पनि अध्यक्ष केपी शर्मा ओली पक्षमा खुलेकी भण्डारीले पछिल्लो समय पार्टी भित्रका विकृति विसंगतिविरुद्ध शसक्त आवाज उठाउँदै आएकी थिइन् । उनले भनिन्, – ‘एमाले व्यक्तिवादमा रमाउन थालेकाले त्यसबाट आम नागरिकको पक्षमा वकालत गर्न असम्भव देखेर नयाँ राजनीतिक अभियानमा ला

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 338 पटक पढिएको
  • यी तीन नेताले पाए जसपामा मन्त्री छान्ने जिम्मा

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई जिम्मा दिएको छ ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो ।  सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँडमा सहमति जुटाएको थियो । जसअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 114 पटक पढिएको
  • माओवादी केन्द्रको बैठक बस्दै, आज मन्त्रीको नाम टुङ्गो लगाउने

    बिर्तामोड / सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।आज (बुधबार) दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जनाइएको छ ।यसअघि पनि मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।लामो समयपछि हिजो सत्ता गठबन्धन दलहरूले मन्त्रालय बाँडफाँडमा सहमति कायम गरेका हुन् । अढाइ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसकेका बेला स

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 187 पटक पढिएको
  • आज विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

    जनकपुरधाम / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाको बैठक बोलाएका छन् । उनले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले ती

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 124 पटक पढिएको
  • कांग्रेसकाे टोली भाजपाको निमन्त्रणामा भारत जाँदै

    बिर्तामोड / सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणामा कांग्रेसको टोली भारत जाने भएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता उदय शमशेर राणा र अजय चौरसिया बिहीबार भारत जाने भएका हुन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित देखिन्छन् । यसै सिलसिलामा कांग्रेस टोली भारत जान लागेको हो । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमण मितिसमेत तय हुने बताइएको छ ।प

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 114 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.