काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

मन्त्रिपरिषद्को आज बस्ने बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए ।

OM Sai Pathibhara Hospital

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।