काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । 

ओली र प्रचण्ड बालुवाटार पुगेसँगै तीन नेताबीच छलफल सुरु भएको छ । भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका बारेमा छलफल हुने बताइएको छ । 

OM Sai Pathibhara Hospital

छलफलमा देउवा, ओली र दाहालसँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी भएका छन् ।