विराटनगर  / प्रदेश १ मा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेको विरोधमा एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । 

एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियुका कार्यकर्ताहरू मन्त्रालय विस्तार विरुद्ध प्रदर्शन गरेका हुन् । मुख्यमन्त्री राजेन्द्र राईले आजै मन्त्रालय फोडेर मन्त्रिपरिषद् विस्तार गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

केहीबेरमा शपथको तयारी भइरहेको छ । तर मन्त्रालय फोड्न नहुने भन्दै एमाले कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रेका हुन् ।

उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।