काठमाडौं / जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन्।

एमसीसीलाई धेरै गिजोलिएमा परिणाम गम्भीर हुने र त्यसले खती मात्र हुने चेतावनी समेत उनले दिएका छन् । दाहालले भित्रभित्र राष्ट्रघात गर्दै बाहिर राष्ट्रबाद देखाएको भन्दै भट्टराईले माछा देखे भित्र हात, सर्प देखे बाहिर हात नगर्न पनि सुझाएका छन् । अध्यक्ष डा. बाबुराम भट्टराईले दाहाललाई कटाक्ष गर्दै भनेका छन्, ‘भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जबसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’ ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले संयुक्त हस्ताक्षरमा एमसीसी मुख्यालयलाई संसदबाट परियोजना पारित गराउने आश्वासनसहितको पत्र पठाइएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।