विराटनगर / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री राईले आठ जना मन्त्री नियुक्त गरेसँगै प्रदेश १ मा मन्त्रिपरिषद् सदस्यको सङ्ख्या १४ पुगेको छ । 

OM Sai Pathibhara Hospital

आजै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ समेत लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार आज मन्त्री बन्नेमा रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रताप प्रकाश हाङगाम र उपेन्द्रप्रसाद घिमिरे रहेका छन् । 

गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो । 

यसअघि नै इन्द्रबहादुर आङवो (आर्थिक मामिला), हिमाल कार्की (सडक पूर्वाधार तथा सहरी), केदार कार्की (आन्तरिक मामिला) र जयराम यादव (स्वास्थ्यमन्त्री) बनेका थिए ।

आइतबार थपिएका रामकुमार राई (खानेपानी तथा सिंचाई तथा ऊर्जा), राजन राई (सामाजिक विकास), खिनु लिम्बु (पर्यटन तथा संस्कृति), झलकबहादुर मगर (कृषि), शेखरचन्द्र थापा (बन, वातावरण तथा भू–संरक्षण), ओमप्रकाश सरवागी (उद्योग, श्रम तथा रोजगार), प्रताप प्रकाश हाङगाम (भूमि व्यवस्था) र उपेन्द्रप्रसाद घिमिरे (यातायात व्यवस्था तथा सञ्चार मन्त्री) बनेका छन् ।

यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

sapat