झापा / नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ ।
महत कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरि केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।