काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भएका छन् । 

अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे बालुवाटार जाने भएका हुन् । ओली झण्डै सात महिनापछि बालुवाटार जान लागेका हुन् ।  

OM Sai Pathibhara Hospital

स्रोतका अनुसार देउवा र ओलीबीचको भेटमा स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । 

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

आजको भेटमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ । साथै ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि भेटमा जाने भएका छन् ।