काठमाडौं /  मधेस प्रदेश सरकारको उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नागेन्द्र राय यादव नियुक्त भएका छन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादीका यादवलाई आइतबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

OM Sai Pathibhara Hospital

यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाट उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुन मन्त्रीमा प्रमोद यादव नियुक्त भएका थिए । 

राज्यमन्त्री बनेका यादव बारा जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य हो।