काठमाडौँ / नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासङ्घका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  

स्थानीय तह निर्वाचनको मिति घोषणामा ढिलाई भएको भन्दै कालो झण्डा र बेलुन उडाएर प्रदर्शन गरेपछि उनीहरूलाइ सिंहदरबार नजिकैबाट प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा जय लामा, गणेश थापा, अजित लामा रहेका छन् । युवासङ्घले पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहाइको माग गरेको छ ।

यस्तै युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको समेत विरोध गरेको छ ।